आज माघ १९ : कालो दिनका रूपमा स्मरण गरिँदै
काठमाडौँ – आज माघ १९, अर्थात प्रजाता्िरन्त्रक आअन्दोलनको कालो दिन । यस दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा स्मरण गरिन्छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ साल माघ १९ गतेका दिन राजनीतिक ‘कू’ गरी शासन सत्ता आफ्नो नियन्त्रणमा लिएका थिए । प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुल्याउने भन्दै पूर्वराजा शाहले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका भए पनि त्यो धेरै समय टिकेन ।
पूर्वराजा शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए । स्वयं देउवा पनि चुनाव गराउन असफल हुँदै गएको टीका-टिप्पणी हुने गर्दथ्यो भने तत्कालीन परिस्थिति हेरेर दरबारले उक्त कदम चालेको विश्लेषण आजपर्यन्त हुने गरेको छ ।
०५८ सालको दरबार हत्याकाण्डलगत्तै राजा बन्न पुगेका शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए । यो कदम जेसुकै उद्देश्यले चालिएको भए पनि यसले नागरिक स्वतन्त्रता र मानव अधिकारको हनन गरेको थियो ।
पूर्वराजा शाहको सो निरंकुश कदमपछि जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरु एकजुट भई राजाको प्रत्यक्ष शासनको विरुद्ध लागेका थिए । फलस्वरुप ०६२र६३ सालको जनआन्दोलन हुन पुग्यो, जसको बलमा राजसंस्थाको अन्त्य भएको थियो । जसको जगमा गणतान्त्रिक लोकतन्त्र स्थापित भयो ।
तर, राजसंस्था फालेर देशमा लोकतन्त्र बहाली भएको १५ वर्ष पुग्दा पनि मुलुकमा जनचाहनाअनुसारको विकास र समृद्धि हुन सकेको छैन । यसले एकातिर वर्तमान राजनीतिक दलहरूप्रति जनताको विश्वास गुम्दै गएको र अर्कोतिर मुलुकमा राजसंस्थाको माग बढ्दै गएको छ । पूर्वराजा ज्ञानेन्द्रबाट पनि बेलाबखत मुलुकको हितका विषयमा टिकाटिप्पणी हुने गर्दछ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE