Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

गएराती भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति राष्ट्रपति भण्डारीद्वारा खेद प्रकट

गएराती भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति राष्ट्रपति भण्डारीद्वारा खेद प्रकट

१४ जेठ, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि भएको दुव्र्यवहारप्रति खेद व्यक्त गर्नुभएको छ ।

सञ्जाल ट्वीटरमा राष्ट्रपति भण्डारीले, ‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको’ लेख्नुभएको छ ।

‘दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ।’ उहाँले लेख्नुभएको छ, ‘यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो,’ ।

WRITE COMMENTS FOR THIS ARTICLE