भूमि अतिक्रमण गरेको भन्दै काठमाडौंमा चीनविरुद्ध प्रदर्शन
७ असोज
काठमाडौं – हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै युवाहरुले काठमाडौँमा चीनविरुद्ध प्रदर्शन गरेका छन् ।
बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि युवाहरुले चीनविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले सीमा अतिक्रमण बन्द गर्न, मिचिएको नेपाली भूमि फिर्ता गर्नुपर्ने लगायत लेखिएका प्लेकार्ड बोकेका थिए । युवाहरु प्रदर्शनमा उत्रेपछि चिनियाँ दूतावास रहेको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।
हालै चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरी भवन निर्माण गरेको खबर सार्वजनिक भएपछि युवाहरुले विरोध प्रर्दशन गरेका हुन् । तर, चीनले भने उक्त क्षेत्र नेपालको नभई चीनकै रहेको दाबी गरेको छ ।
हुम्लाको सीमा क्षेत्रस्थित नेपाली भूमिमा भवन निमार्ण गरेको सार्वजनिक भएपछि चीनले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ । उसले शंका लागे प्रमाणीकरण गर्न पनि नेपाल सरकारलाई आग्रह गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE