Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

यि हुन् ‘द भ्वाइस किड्स’का ४ कोच,आइतबारबाट ‘ब्लाइन्ड अडिसन’

७ अश्विन, काठमाडौं – ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजन भव्यताका साथ सम्पन्न गरेपछि हिमालय टीभी एचडीले बालबालिकाहरुका लागि गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रशारण गर्ने तयारी गरिएको छ । यो शोमा ६ देखि १४ बर्षका बालबालिकाहरुले सहभागीता जनाउन पाउनुहुने छ ।

बालबालिकाहरुको अडिसन सम्पन्न भैसकेको आयोजकले जानकारी दिनुभएको छ । अहिले अडिसनबाट छानिएका बालबालिकाहरु ‘ब्लाइन्ड अडिसन’को तयारीमा व्यस्त हुनुहुन्छ । आइतबारबाट ‘ब्लाइन्ड अडिसन’को छायांकन सुरु हुनेछ । यो शोलाई कात्तिकबाट प्रशारण गर्ने तयारीमा आयोजक जुटेको छ ।

तर, बालबालिकाहरुको गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले संचालन गर्न लागिएको यो रियालिटी शोका लागि ४ जना कोचहरु भने फाइनल गरिएको छ । जसमा दुई जना कोचहरु ‘द भ्वाइस अफ नेपाल’ कै छन् । यो शोमा गायकद्धय राजु लामा र प्रमोद खरेल कोचको रुपमा रहनुहुनेछ ।

यस्तै, कोचकै रुपमा गायिकाद्धय मिलन नेवार र प्रविशा अधिकारी रहने पक्का भएको छ । यो शोलाई ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले नै  निर्देशन गर्नुहुने छ । ।

 

WRITE COMMENTS FOR THIS ARTICLE