Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नयाँ सरकार गठनप्रक्रियाविरुद्ध रिट दर्ता गर्न अधिवक्ताहरु सर्वोच्चमा

नयाँ सरकार गठनप्रक्रियाविरुद्ध रिट दर्ता गर्न अधिवक्ताहरु सर्वोच्चमा

७ जेठ, काठमाडौं– राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध रिट दर्ता गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् । नयाँ सरकार गठनकालागि शुक्रबार ५ बजेसम्म समयसीमा तोकेको विषयलाई लिएर अधिवक्ताहरु अदालत पुगेका हन् ।

रिट दर्ताका लागि अधिवक्ताहरु सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, र वीरभद्र जोशी पुगेका छन् । उनीहरुले छुट्टा छुट्टै रिट दर्ता गर्दैछन् । यद्यपि हालसम्म उक्त रिट दर्र्ता नभएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

संविधानको धारा ७६(३) अनुसार अल्पमतको प्रधानमन्त्री रहेका ओलीले विश्वासको मत नलिई वा राजीनामा नदिई संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनको आह्वान गरिनु असंवैधानिक कदम मानिएको छ । एकैपटक ७६(५) अनुसार नयाँ सरकार गठनको बाटो खोल्दा राष्ट्रपतिको समेत आलोचना भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE