यसरी खानुहोस् मुलाको साग, अत्यन्तै स्वादिष्ट हुन्छ
८ कात्तिक
काठमाडौँ – मकै बेचेर चाउचाउ र बिस्कुट खाजा किनिदिने गाउँघरको चलनलाई निरुत्साहित गरौँ । गाउँघरमै फल्ने अर्गानिक उत्पादनलाई प्रोत्साहन गरौँ अनि आत्मनिर्भर बन्न प्रेरित गरौँ ।

मुलाको साग धेरैले फालेको देखिन्छ तर हरियो मकै उसिनेर सुकाएर बनाएको फाल्किमा मिसाएर पकायो भने अत्यन्तै स्वादिलो अनि तागतिलो पनि बन्छ परिकार । फाल्की,सिमि, मुलाको साग, प्याजको पात, धनिया, अदुवालसुनको लेदो, नुनखोर्सानी मिलाएर पकाउँदा यसरी बन्छ स्वादिष्ट परिकार । यी सबै हाम्रै गाउँघरमा सजिलै उत्पादन गर्न सकिने सामान हुन् ।

बजारको चाउचाउ बिस्कुट किनेर खाएर मात्रै ठूलो मान्छे बनिँदैन । बरू यस्तो अर्ग्यानिक खानेकुरा खाए स्वस्थ भइन्छ भन्ने चेतना फैलाउनुपर्दछ गाउँगाउँमा । यो स्थानीय निकायको भूमिकाभित्र पर्छ सायद । (डा. रेणुका सोलुको फेसबुक पोष्टबाट)


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE