Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

काँग्रेस र जसपा नेताहरुबीचको बैठक सकियो, माओवादी केन्द्रसँग नि छलफल गरिने

२८ फागुन
काठमाडौँ – नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको बैठक सकिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार अपरान्ह बसेको काँग्रेस र जसपा नेताहरूबीचको बैठक ठोस सहमति नगरी टुंगिएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरले दलहरूसँग मिलेर जाने छलफल भएको भन्दै आज केही सहमति नभएको बताउनु भयो। ‘मिलेर जाने विषयमा छलफल भयो। केही सहमति भएको छैन। वृहत छलफल गर्नुपर्ने आवश्यकता छ,’ उहाँले भन्नुभयो ।

अब आफूहरुले माओवादी केन्द्रसँग पनि छलफल गर्ने बताउनु भयो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि आजको बैठकले सत्ता समीकरणको बहस प्रवेश पाएको बताउनु भयो ।

त्यसका लागि अब काँग्रेसले अग्रसरता दिनुपर्नेमा जसपा नेताहरूबाट राय आएको उहाँको भनाई रहेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE