Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

एमसीसी पास गर्नमा उत्सुक पहिलो नम्बरमा प्रधामन्त्री देउवानै : प्रकाण्ड

२८ भदौ, काठमाडौँ – विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता प्रकाण्डले एमसीसी पास गर्ने नेताहरुको राजनीतिक भविष्य सिधिने बताउनुभएकोछ। अमेरिकाले नेपाललाई आफ्नो अधिनमा राख्नका लागि एमसीसी मार्फत कदम चालेको प्रकाण्डले एक अन्तर्वार्तामा बताउनुभएको हो ।

एमसीसीले मुलुकलाई बिकास तिर लाने सरासर भ्रम सिर्जना गरेको भन्दै यदि एमसीसी पारित भयो भने मुलुक बिनास हुने उहाँले बताउनुभयो । नेपालका केही नालायक शासकहरुले आफ्नो स्वार्थ पुरा गर्नका लागि लोभ लालचमा परेर नेपाली जनतामा भ्रम फैलाइरहेका छन् उहाँले भन्नुभयो।

उहाँले अमेरिका जस्तो धनि देशले नेपाललाई सहयोग गर्नु भनेको यो अमृत हो भन्दै नेपाली जनताको आँखा छलेर बिष खुवाउन लागेको बताउनुभयो । केही नेताहरु खान पाएछि आँखा चिम्लेर खाने मुर्खहरु भएको बताउनुभयो ।

एमसीसी कुनैपनि हालतमा नेपाली जनताको हितमा छैन, यो भनेको हाम्रो नेपाली जनताको र देशको स्वाधिनताको मृत्यु गर्ने ठुलो षडयन्त्र हो । त्यसैले यसलाई खारेज गर्नुपर्छ उहाँले भन्नुभयो

अब चाडै एमसीसीको बिरुद्धमा हजारौँको संख्यामा सडक आन्दोलन गदैर्छौ। अब सारा नेपाली जनता एकजुट भएर सडकमा एमसीसीको बिरुद्धमा उत्रीनु पर्ने उहाँले बताउनुभयो ।

एमसीसी पास गर्नमा उत्सुक पहिलो नम्बरमा प्रधामन्त्री देउवानै रहेको उहाँले ताउनुभएको हो । आफुहरुले प्रधामन्त्री देउवालाई बारम्बार एमसीसी पास गरेर इतिहाँसको कलंक नबोक्न आग्रह गर्नुभयो।

तर प्रधानमन्त्रीले कुनै वास्ता नगरेको बताउनुभएकोछ। यही एमसीसीकै कारण देउवा नेतृत्वको गठबन्धन भत्किने बताउनुभयो। पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र उपेन्द्र यादवपनि एमसीसी पारित हुने पक्षमा नभएको कारण गठबन्धन ढल्ने भएको जानकारी दिनुभयो ।

नेपाली जनताले एमसीसी पास गर्ने नेताहरुको राजनीतिक भविष्य नै समाप्त गरिदिने बताउनुभयोे। राष्ट«घाती एमसीसी पास गर्नेहरुको बिरुद्धमा सारा नेपाली जनताहरु एकजुट भएर आन्दोलन गर्ने र उनीहरुलाई दण्डित गर्ने बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE