तेजाव आक्रमण निरुत्साहित सरकार गर्न लागि परेको छः प्रधानमन्त्री देउवा
९ आश्विन, काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तेजाब आक्रमण निरुत्साहित गर्न यससम्बन्धी कानून शीघ्र बनाएर कार्यान्वयन गर्न लागेको बताउनुभएको छ।
प्रधानमन्त्री देउवालाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेटेर तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरी अमानवीय प्रवृत्तिविरुद्ध राज्य कठोर बन्नुपर्ने आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले सो विषय मानवीय र साझा भएको भन्दै कानून बनाउन मात्र होइन कार्यान्वयन गर्न पनि सरकार लाग्ने बताएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
भेटमा प्रवक्ता शर्माले पार्टीको १४औँ महाधिवेशनको तयारी, सरकारका उपलब्धि र समीक्षालगायत विषयमा पनि छलफल भएको छ । साथै पार्टीको केन्द्रीय प्रचार विभागले महाधिवेशन पुर्व ‘चिन्तन १४औँ महाधिवेशन’ आयोजना गर्ने निर्णय गरेको जानकारी पनि गराउनुभएको थियो । कांग्रेसले १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ । गोरखापत्र दैनिकबाट
WRITE COMMENTS FOR THIS ARTICLE