Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

सर्वोच्चमा रहेको जसपा विवादसम्बन्धी रिट न्यायाधीश रेग्मीको एकल इजलासमा

सर्वोच्चमा रहेको जसपा विवादसम्बन्धी रिट न्यायाधीश रेग्मीको एकल इजलासमा

१० साउन, काठमाडौं– निर्वाचन आयोगको आदेश विरुद्ध सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले दर्ता गरेको रिट निवेदन न्यायाधीश कुमार रेग्मीको बेञ्चमा सुनुवाइ हुने भएको छ । उक्त रिटको सुनुवाइ रेग्मको एकल इजलासमा सुनुवाइ हुने भएको हो ।

निर्वाचन आयोगले दलभित्रको विवाद निरुपणका लागि केन्द्रीय कार्यकारिणी समितीका पदाधिकारीहरुको सनाखत गराउने आदेश दिएपछि अध्यक्ष ठाकुर सर्वोच्च पुगेका थिए ।

जसपा विवादसम्बन्धी रिटको इजलास प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले उक्त तोकेका हुन् ।

इजलास हेर्ने जिम्मा पाएका रेग्मी तत्कालिन नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को आधिकारिकता विवादमा क्षेत्राधिकार बाहिर गएर आदेश दिएको आरोप लाग्ने गरेको छ । सोही इजलासमा रहेका अर्का न्यायाधीश बमकुमार श्रेष्ठको आलोचना हुने गरेको छ ।

उक्त आदेशले एमाले र माओवादी केन्द्र अलग अस्तित्वमा हुने भनी गरेको आदेशका कारण राजनीतिक रुपमा अप्ठेरोमा परेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाइदा भएको थियो ।

अहिले पनि जनता समाजवादी दल दुई खेमामा बाँडिएका बेला त्यस्तै प्रकृतिको निवेदन न्यायाधीश रेग्मीको इजलासमा परेको हो ।

जसपा नेता ठाकुरको निवेदन आठौं नम्बरमा छ । उक्त निवेदनमाथि भिडियो कन्फ्रेन्सिङका माध्यमबाट सुनुवाई हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE