गगन थापाको आक्रोश : नेताले आदेश दिए पुग्छ,सजिलै सर्छ अधिवेशन ?
८ आश्विन काठमाडौं – सत्तारुढ दल नेपाली काँग्रेसका नेता गगन थापाले काँग्रेस नेतृत्व प्रति आक्रोश पोख्नुभएको छ । काँग्रेस अधिवेशनको मिति सर्ने भन्ने विषयलाई लिएर सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उहाँले आक्रोश पोख्नुभएको को हो। उहाँले लेख्नुभएको छ, ‘बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने’ !
साथै नेता थापाले कहिल्यै विधिमा चल्नु नपर्ने ? थितिमा वस्नु नपर्ने रु वेथितिको जिम्मा लिनै नपर्ने ? भन्दै प्रश्न समेत गर्नुभएको छ । बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकमा महाधिवेशन माघमा गर्ने भन्ने विषयमा छलफल भएको थियो।
उहाँले लेख्नुभएको छ, ‘कति सजिलै सर्छ अधिवेशनको मिति’ १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन । कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने । बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने १ अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं’ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE