कमिसन लिएको छैन, भ्रामक समाचार फैलाइयो : सांसद श्रेष्ठ
९ असार, काठमाडौँ – नेकपा माओवादी केन्द्र रामेछापका इन्चार्ज एवं प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले आफ्नो चरित्र हत्या गर्न गलत हल्ला चलाइएको बताउनु भएको छ । उहाँले रामेछाप जिल्ला विकासको लागि सक्दो प्रयास गरिरहेको बताउदै आफ्नो चरित्र हत्या गर्ने गरी हल्ला फैलाइएको बताउनुभएको हो।
सन्चार माध्यममा श्रेष्ठले रामेछाप नगरपालिका–४ स्थित रेणुकादेवी माध्यमिक विद्यालयमा विनियोजन गरेको योजनाबाट कमिसिन लिएको समाचार प्रकाशित गरेपछि उहाँले उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
बुधवार एक विज्ञप्ती जारी गर्दै सांसद श्रेष्ठले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने उदेश्यले उक्त समाचार सम्प्रेषण भएको भन्दै सञ्चारगृह र सम्बद्ध पक्षलाई गम्भीर हुन पनि आग्रह गर्नुभएको छ ।
१३ वर्षको उमेरदेखि राजनीतिक कार्यक्रर्ताको रुपमा आवद्ध हुँदै भ्रष्टाचार शून्य सहनशीलताको जागरण गर्दै हिँडिरहेको अवस्थामा नेकपा माओवादी मूल नेतृत्व सम्हाली रहेको अवस्थामा राजनीतिक आग्रह र पूर्वाग्रहप्रति उत्प्रेरित नहुन सबैमा आग्रह गर्दछु, विज्ञप्तीमा भनिएको छ ।
उक्त विालयको तारबारको लागि छुट्याइएको ४० लाख रुपैयाँबाट २२ लाख कमिसन लिएको आरोपसहित समाचार प्रकाशन तथा प्रसारण भएको थियो । तर, उहाँले आफूले उक्त, योजना माग र आवश्यकता बमोजिम स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि तथा परामर्श समिति र निर्देशक समितिबाट पास गराए विनियोजन गरेको श्रेष्ठले बताउनुभयो ।
विनियोजित बजेट संघिय सांसद आफैले बाढ्दै हिड्ने कुरा नभएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजेट स्थानीय तहको खातामा जान्छ, वडाअध्यक्ष र विद्यालय व्यवस्थापन समितिको सिफारिसमा निकासा हुने हो, यसमा म जोडिने ठाउं नै छैन। ‘परिवर्तनका खातिर गोलीसँग भिडेर आएका मान्छे हौ, जनताको करमा कुनै र्याल चुहाउने कुरै हुदैन । म कानुनी लडाई लड्नेबारे परामर्श गरिरहेको छु । आर्थिक वर्ष २०७६/७७ मा विनियोजित बजेटको अप्रत्यासित हल्ला चलाएका छन् ।’
विज्ञप्तीमा भनेका छन – यस्तो कपोकल्पित र भ्रामक समाचारप्रति कुनै सत्यता नभएको भन्दै यस्तो सामाचारको विश्वास नगर्न पनि आम जनता तथा कार्यक्रर्तालाई आग्रह गर्दछु, आफ्नो बाँकी जीवन रामेछाप र राष्ट्रका लागि योगदान दिने प्रतिवद्धतासमेत जाहेर गर्दछु।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE