Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

भारतीय विदेश सचिव हर्षवर्द्धन काठमाडौँ अवतरण

११ मंसिर
काठमाडौँ
– भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला नेपाल भ्रमणका क्रममा काठमाडौँमा अवतरण गर्नुभएको छ । दुई दिने नेपाल भ्रमणका लागि उहाँको टोली बिहीबार बिहान पौने ११ बजेतिर विशेष चार्टर्ड विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव डा। भरतराज पौडेलले स्वागत गर्नुभएको हो । सचिव पौडेलकै औपचारिक निमन्त्रणामा श्रृंगला विशेष विमानमार्फत नेपाल आउनुभएको हो । नेपाल आएलगत्तै उहाँले उच्चस्तरीय भेटवार्ता थाल्नुहुने बताइएको छ ।

विदेश सचिव श्रृंगलाले नेपालमा आउँदा निकै खुशी लागेको बताउनुभयो । उहाँले नेपाली भाषामै बोल्दै भन्नुभयो, ‘म पहिला पनि काठमाडौं आएको छु । तर, फरेन सेक्रेटरीको रुपमा पहिलोपटक आज आएको हुँ ।’ भारत र नेपाल निकटतम मित्र रहेको बताउँदै उहाँले दुवै देशबीचको सम्बन्ध कसरी मजबुद बनाउने भन्नेबारे छलफलबा व्यस्त हुने बताउनुभयो ।

विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम छ । त्यसअघि परराष्ट्र सचिवले दुई पक्षीय विषयहरुमा वार्ता गर्नेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE