नेपाल ओमानविरूद्ध ब्याटिङ गर्दै
२९ भदौ, काठमाडौँ – आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । अल अमिरत क्रिकेट रंगशालामा हुने खेलमा नेपालले टस जित्दै ब्याटिङ गर्ने निर्णय गरेको हो । लिग-२ मा नेपालले ओमानसँग दुई खेल खेलिसकेको छ। सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा ओमानले नेपाललाई ८ विकेट र १८ रनले पराजित गरेको थियो।
हिजोदेखि ओमानमा सुरु भएको नेपाल, अमेरिका र ओमाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरूवात गरिसकेको छ। पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गर्यो। नेपालको जितमा ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गर्नुभयो । सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ ।
सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो । विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्युगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । नेपालले हालसम्म अमेरिकासँग तीन खेल र ओमानसँग दुई खेल खेलिसकेको छ। नेपाल छ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ ।
खेल तालिका
नेपाल भर्सेस अमेरिका – भदौ २८ – नेपाल ५ विकेट विजयी
ओमान भर्सेस नेपाल – भदौ २९
ओमान भर्सेस अमेरिका – भदौ ३१
नेपाल भर्सेस अमेरिका – असोज १
ओमान भर्सेस नेपाल – असोज ३
ओमान भर्सेस अमेरिका – असोज ४
सबै खेल सुरू हुने समय – दिउँसो ४: १५ बजे
स्थान – अल अमिरत क्रिकेट रंगशाला, ओमान
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE