सरकारलाई एक साताको अल्टिमेटम दिँदै अधिवक्ता पौडेलले गरे आत्मदाहको घोषणा
काठमाडौं – अधिवक्ता तथा भ्रष्टाचारबिरोधि अभियन्ता सि.पी. पौडेलले तारकेश्वर नगरपालिका वडा नम्बर २ का क्षेत्रप्रसाद ढकाल आफ्नै छिमेकी तथा नेपाल सरकारका सह–सचिव रुद्रप्रसाद लामिछानेद्धारा महिनौदेखि पीडित रहेका छन् । उनले सह सचिव लामिछानेले ७७ वर्षीय ढकाललाई कुटपिट गरेको भन्दै न्यायको लागि सरकारसमक्ष अपिल समेत गरेका हुन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित ढकालले रुद्र प्रसाद लामिछानेले आफुलाई पद र शक्तिको आडमा पटक–पटक दुःख दिँदै आएको गुनासो पोखेपछि अधिवक्ता तथा भ्रष्टाचारबिरोधि अभियन्ता पौडेलले न्यायको लागि सरकारलाई सात दिनको अल्टिमेटमसमेत दिएका छन। उनले पीडक लामिछानेले पद तथा शक्तिको आडमा सर्वसाधरणमाथि ज्यादती गरेको भन्दै आक्रोश पोखे । उनले भने,‘निज लामिछानेले पीडित परिवारलाई ज्यानमार्ने योजना बनाइरहेको हाम्रो ठम्याई हो, उनलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ ।’ त्यस्तै राज्यले पीडित ढकाल परिवारको सुरक्षाको ग्यारेण्टी लिनुपर्ने पनि उनले माग गरे ।
पीडित ढकालको जमिनमा जबरजस्ती एक कोठाको भवन, एउटा शौचालय तथा मोटर बाटो निकालेर उल्टै ज्यान मार्ने योजना बनाएको उनले खुलासा गरे । घट्नाबारे जानकारी गराउँदै अधिवक्ता पौडेलले राज्यबाट पाँउनुपर्ने न्यायको अहिले अपहेलना भएको कडा प्रतिक्रिया दिए ।
उनले शक्तिको आडमा बसेर लामिछानेले मनमौजी गरिरहेको पनि आरोप लगाए । उनले भने,‘निज पीडककलाई कुटपिट तथा ज्यानमार्ने उद्योगअनुसार कारबाही गर्नुपर्छ, तर पीडित परिवारले पटक–पटक निवेदन दिँदा समेत प्रहरी प्रशासनले कुनै सहयोग गरेको पाइएन् ।’
अधिवक्ता पौडेलले पीडित परिवारलाई आगामी एक हप्ताभित्र राज्यले न्याय नदिए उनीहरुको लागि आफूले काठमाडौंको टुँडिखेलमा आत्मदह गर्नेसम्म घोषणा गरे । अधिवक्ता पौडेलले ढकाल परिवारमाथि ज्यादती गर्ने नेपाल सरकारका सह–सचिव लामिछानेको सम्पत्तिसमेत छानबिन गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
बिनाकारण सह–सचिव लामिछाने आफुलाई ज्यान मार्ने योजना बनाएको पनि पीडित ढकालको आरोप छ। पीडित ढकालले भने,‘आज म बाध्य भएर राज्यसंग बाँच्न पाँउने अधिकारको माग गर्न पत्रकारहरुसामू उपस्थित् भएको छु ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE