Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध चार उजुरी

 ३ कात्तिक 
काठमाडौँ – प्रस्तावित दुई राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा नीतिगत भ्रष्टाचारको उजुरी परेको छ ।

अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेको संसदीय सुनुवाइ समितिले जानकारी दिएको छ ।

को विरूद्ध कति(कति उजुरी परेका हुन् खुलेको छैन । उजुरीकर्तालाई बोलाउनका लागि सार्वजनिक रूपमा सूचना प्रकाशित गरिने  समितिले  जनाएको छ ।

१० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेको समितिले दुईजनाविरुद्धमा परेका ४ उजुरी खोलेको हो ।

पूर्वअर्थमन्त्री खतिवडा र पूर्वमुख्यसचिव रेग्मीलाई असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्ति गर्ने निर्णय गरेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE