Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

राजनीतिक अस्थिरकाकै बीच सेयर बजारमा नयाँ रेकर्ड, नेप्से २८ सय माथि

राजनीतिक अस्थिरकाकै बीच सेयर बजारमा नयाँ रेकर्ड, नेप्से २८ सय माथि

९ जेठ, काठमाडौं– सेयर बजार परिसूचक नेप्सेले हालसम्मकै सर्वाधिक उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको छ । साताको पहिलो दिन आइतबार नेप्से २८ सय २० विन्दुमा पुग्दै रेकर्ड कायम गरेको हो ।

संसद विघटन र राजनीतिक अस्थिरका कारण बजारमा ‘प्यानिक सेल’ हुने आँकलन गरिए पनि बजार ऐतिहासिक रेकर्ड चुम्दै बन्द भएको हो ।

परिसूचक नेप्से बजार खुलेको १० मिनेटमा नै करिब ५० अंकले घटेको थियो । यद्यपि घटेको बजार त्यसपछि भने सम्हालियो । अन्ततः बजार परिसूचक सम्हालिदैँ ३२ दशमलव ८१ अंकले बढेर २८ सय २० अंकमा पुगेर बन्द भएको थियो ।

आज सेयर बजारमा २२० कम्पनीको ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७ सय २८ रुपैयाँको कारोवार भएको थियो । बजारमा आज सबैभन्दा धेरै बढ्नेमा विकास बैंक र फाइनान्स समूह रहेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE