Date
मङ्ल, जेष्ठ १९, २०८३
Tue, June 2, 2026

स्वास्थ्य मन्त्रालयले भन्यो– तेस्रो र चौथो लहर आउनसक्छ, बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याऊ

स्वास्थ्य मन्त्रालयले भन्यो– तेस्रो र चौथो लहर आउनसक्छ, बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याऊ

२१ जेठ, काठमाडौं– कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार एक विज्ञप्ती जारी गर्दै स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।

महामारीको पहिलो र दोस्रो लहरमा वृद्ध र युवा बढी संक्रमित भएकाले नियन्त्रणको तयारी पनि यही समूह लक्षित मात्र भएको भन्दै मन्त्रालयले तेस्रो, चौथो लहरमा बालबालिका बढी संक्रमित हुन मन्त्रालयले जनाएको छ । त्यस्तै अक्सिजनको व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिइएको छ ।

कोभिड–१९ को पहिलो लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाएको भन्दै मन्त्रालयले सबैको मिहिनेतले अवस्था नियन्त्रणमा नै रहेको बताएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE