Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको तेस्रो युनिट सञ्चालनमा

९ साउन, काठमाडौँ – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको तेस्रो युनिट पनि सञ्चालनमा आएको छ । शुक्रवारबाट ७६ मेगावाटको तेस्रो युनिट सञ्चालनमा आएको हो ।

शुक्रवार तेस्रो युनिट सञ्चालनमा आएसँगै २२८ मेगावाट विद्युत् उत्पादन हुन शुरु गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रबक्ता गणेश प्रसाद न्यौपानेले बताउनुभयो ।

पहिलो युनिट गत असार २१ गते र दोस्रो युनिट असार २९ गते सञ्चालनमा आएका थियो । साउन महीनाभित्र चौथो युनिटबाट पनि विद्युत् उत्पादन शुरु हुने प्रबक्ता न्यौपानेको भनाइ रहेको  छ ।

परीक्षण उत्पादनको क्रममा खासै समस्या नदेखिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । आयोजनाबाट उत्पादीत विद्युत् विद्युतगृहदेखि २२० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म तथा त्यहाँबाट २२० केभी प्रसारण लाइनबाट खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत ४०० र २२० केभी ढल्केबर सब–स्टेसनसम्म लगिएको छ ।

७६ मेगावाट क्षमताका छ ओटा युनिट रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट छ ओटै युनिट सञ्चालन हुँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुने छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE