Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

रोजगार ब्यवस्थापन गर्नेका लागि आजदेखि जागिर खुल्यो

काठमाडौं  – सरकारले प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्ने भएको छ । श्रम मन्त्रालयले रोजगार संयोजकका लागि आजदेखि आवेदन दिन सकिने बताएको छ ।

संयोजकका लागि १० हजारभन्दा कम जनसंख्या भएका स्थानीय तहमा नासु बराबर र १० हजारभन्दा बढी जनसंख्या भएका स्थानीय तहमा शाखा अधिकृत बराबरको योग्यता चाहिने मन्त्रालयले जनाएको छ । रोजगार संयोजकले स्थानीय तह मातहतमै बसेर रोजगारसम्बन्धी सेवा दिनेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE