Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

टाइफाइडविरुद्धको खोप अभियान सुरु, ७५ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य

२५ चैत्र, काठमाडौं– टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान आजदेखि सुरु हुँदैछ। यस अभियानअन्तर्गत देशभरका १५ महिनादेखि १५ वर्ष उमेरसम्मका ७५ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ। वैशाख १८ गतेसम्म चल्ने अभियानको बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।

यो अभियानपछि अब टाइफाइडविरुद्धको खोप नियमित खोप तालिकामा समावेश गर्ने स्वास्थ्यमन्त्रालयले जनाइसकेको छ। अभियानका क्रममा टाइफाइड खोप स्थानीय तहका प्रत्येक वडामा तोकिएका विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुनेछ। विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र संचालन गरिनेछ। अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप सेवा संचालन गरिनेछ।

टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि गरेकाले राष्ट्रिय खोप सल्लाहकार समितिबाट १४ अगष्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरिएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE