Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

आज सेयर बजारमा हरियाली,यति अंकले बढ्यो नेप्से

१९ आश्विन,काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार दोहोरो अंकको बृद्धि भएको छ । लगातार घटिरहेको नेप्से आज ४१.८४ अंकले बढेर २ हजार ६ सय १२.६४ विन्दुमा पुगेको हो । नेप्सेका अनुसार आज सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ।

उच्च बृद्धि हुने कम्पनीहरुमा समता घरेलु लघुवित्त वित्तिय संस्था, मल्टिपर्पोज फाइनान्स कम्पनी, हिमालयन पावर पार्टनर, मैलुङ खोला जलविद्युत कम्पनी, सिभिल लघुवित्त वित्तिय संस्था, छ्याङदी हाइड्रोपावर कम्पनी र जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था रहेका छन्।

नेप्सेका अनुसार आज एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। साथै, आज सबैभन्दा धेरै कारोबार शिखर इन्स्योरेन्स कम्पनीको भएको छ।

यस कम्पनीको आज १३ करोड भन्दा बढीको कारोबार भएको छ। आज नेप्से बढे पनि कारोबार रकममा भने गिरावट आएको छ। आज २ अर्ब ९९ करोड ६८ लाख बराबरको कारोबार भएको छ।

सोमबार ३ अर्ब ६२ करोड ७७ लाख बराबरको कारोबार भएको थियो। चाँडबाड नजिकिएसँगै पछिल्लो समय दिनप्रतिदिन कारोबार रकममा गिरावट आइरहेको छ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE