पत्रकारको भेषमा रहेका यस्ता कुपात्रहरूलाई वेलैमा नंग्याऊ : बाबुराम भट्टराई
मीडियालाई सभ्य भासामा जनताको प्रश्न र समासामहिक बिसयमा प्रस्न सोध्ने अधिकार संविधानले नै दिएको छ
सवाल सम्वाददाता
बाग्मती-पछिल्लो समय एभिन्युज टेलिभीजनमा अन्तरवार्ताका क्रममा समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव अन्तरवार्ताकोबीचमा स्टुडियोबाटै छोडेर हिडेको विषय निकै चर्चामा छ । भर्खरै बाबुराम भट्टराईले नेतृत्व गरेको तत्कालिन नयाँ शक्ति नेपाल र उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालिन संघिय समाजवादी फोरम नेपाल एक भई बनेको समाजवादी पार्टी नेपालले उपेन्द्र यादवलाइै अन्तरवार्ताका क्रममा सोधिएको प्रश्नको खण्डन गर्दे विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा भनिएको छ : अन्तर्वार्ताका क्रममा पत्रकार आचारसंहिता विपरीत सोधिएका प्रश्न र संचारकर्मीको अभद्र एवं पूर्वाग्रही प्रस्तुतिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकारिता जगतको नै मानमर्दन हुने गरी अपमानजनक एवं बदनियतपूर्ण ढंगले उपप्रधानमन्त्री यादवमाथि भएको यस्तो दुव्र्यवहारको हामी घोर निन्दा एवं भत्र्सना गर्द छौँ ।
विज्ञप्तीलाई आफ्नो फेसबुकमार्फन सार्वजनिक गर्दै तत्कालिन नयाँ शक्ति नेपालका संयोजक तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लेख्नुभएको छ : पार्टीका अध्यक्ष तथा मा. उपप्रधानमन्त्री उपेन्द्र यादवमाथि एक संचारकर्मीद्वारा भएको दुर्व्यवहारको समाजवादी पार्टी, नेपालद्वारा भत्र्सना ! पत्रकारको भेषमा रहेका यस्ता कुपात्रहरूलाई वेलैमा नंग्याऊ र स्वतन्त्र प्रेसको मर्यादा जोगाउँ !
उहाँले आफ्नो टुइटरमार्फत पनि पत्रकारले गरेको प्रश्नको शैलीमाथि नै कम्जोरी भएको बताउनु भएको छ ।
फेसबुकमार्फन सार्वजनिक गरिएको यो पोस्ट सार्वजनिक भए संगै सामाजिक सञ्जालमा निकै टिकाटिप्पनी भएका छन् । पोष्टमा कमेन्ट गर्ने अधिकांसले उपप्रधानमन्त्री तथा स्वस्थ्य मन्त्री उपेन्द्र यादवलाई नै द्वोषी देखाएका छन् ।
यो हेर्नुहोस विज्ञप्ती :

केही प्रतिक्रिया जस्ताको त्यस्तै :
Amit Bhatta : तपाईलाइ पनि यस्तै झटारो हान्ने दिन आउने छ बाबुराम जि ढुक्क हुनुस ,, अनि तपाइको बारेमा कस्ले भत्र्सना गर्दो रहेछ हेरौला हामी पनि ।
पत्रकारले हिजोको दिन मात्र हैन ,, सबै जसो अनतर्वार्तामा यसरी नै पेश भएका हुन्छन ,, सबैको प्रश्न सोध्ने शैली फरक हुन्छ बाबुराम जि ,, अब तपाईलाई जस्तो मलिन भएर प्रश्न सोध्ने पत्रकारमा पर्दैनन सुशील पान्डे जि । विचार गर्नुश बाबुराम जि यिनै पत्रकारले तपाइलाई देशको अहोदामा टिकाउनको लागि मद्दत पुराएका छन् ।
Amit Bhatta : अब समाजवादी पार्टि प्रती कुनै पनि पत्रकारको आश्था रहदैन बाबुराम जि ,, तपाईं पनि अहिले उहाँ सङ्ग नगासिएको भए यस्तो टिप्पणी प्रस्तुत गर्नु हुने थिएन होला । विचार पुराएर बोलौ ।
Gorakha Singh : यसैले त बाबुराम पटकपटक चर्चाको शिखरमा आउछन्
MrAshoka Kumar Shah : कुनै बेला मलाई उपेन्द्र यादव मनपर्ने मध्येको एक हुनुहुन्थ्यो तर अहिले मननपर्ने मध्ये एक हुनुहुन्छ, उहाँलाई भगुवा नेताको रुपमा हेर्दा, भाग्ने क्रम जारी छ ।
१) एमाले छाडेर भागे कै हो ।
२) माले छाडेर भागेकै हो ।
३) माओवादी छाडेर भागेकै हो ।
४) मधेश को मुद्दा र मधेशी जनाधिकार फोरम छाडेर भागेकै हो ।
५) संघीय समाज वादी फोरम छाडेर भागेकै हो ।
६) मोरङ , सुनसरी को आफ्नो निर्वाचन क्षेत्र छाडेर भागेकै हुन ।
७) संविधान सन्सोधन छाडेर भागेकै हुन ।
८) मधेश शव्द नै छाडेर भागेकै हुन ।
९) मधेश को माग र मुद्दा छाडेर भागेकै हुन ।
१०) आन्दोलन छाडेर निर्वाचन मा गएकै हुन ।
११) संविधान घोषणा भएको दिनलाई कालो दिवस को सट्टा संविधान दिवस मनाउन भागेकै हुन ।
१२) एकीकरण मा राजपा र सीके राउत लाई छाडेर भागेकै हो ।
१३) अहिले टिभीको इन्टरभ्यू पनि छाडेर भागेका हुन ।
१४) पत्रकार ले यसरी व्यबहार गरेको मैले धेरै मिडियामा देखेको छु, उदाहरणको लागी भारतको आजतक, रुबिका लियाकतले चलाउने ताल ठोकके आदी ।
नेता भाग्ने होईन प्रश्नको सामना गरेर दर्षक आस्वस्त पार्ने हो ।
Surya Lamichhane : केही समय अगाडि स्व. पर्यटन तथा नागरिक उद्द्यन मन्त्री रबीन्द्र अधिकारि ज्यु लाई वाइड बडी जहाज प्रकरण र उनको सग्लङ्न बारे प्रश्न सोद्दा मन्त्री जस्तो मान्छे लाई एस्तो सानो तिनो प्रश्न सोधेर डिस्टब गर्ने हैन भन्दै माइक नै फालेर कारेक्रम छोडेर भागेका थिय, हो अहिले तेही क्रम फेरी दोहोरिएको छ, सिमामा बसेर नेपाल लाई नै नाकबन्दी गर्ने बिदेशी दलाली अनी नेपाल आमा लाई लुट्न पल्केको स्वास्थ मन्त्री उपेन्द्र यादब भन्ने निम्छरो मन्त्री ले एती बेजेत र्गयो कि कुनै पनि प्रश्न को उत्तर दिने हिम्मत नै गर्न सकेन१ सबै संचार माद्यमहरु तिमीहरुका झोले मात्र हुँदैनन । देशको शक्तीसाली मन्त्री लाई प्रस्नै सोध्न नपाउने भन्ने हुन्छ? देसलाई जातियता को मुद्दा बनाएर आफ्नो आफन्त र आसेपासे जागिर खुवाएर लुतिरहन पल्केका तिमीहरु जस्ता भस्ट लाई आजिबन जेल कोच्ने दिन आउँला कि नआउँला? कहिले सम्म आस राख्ने एस्ता भस्तचारी स्वाठ बाट ? थुक्क, स्वर्ग जस्तो देसमा यमराज को शासन ।।।
Nagarkoti Moo Nicaa : Av news को कार्यक्रम हेरियो, प्रस्नको उत्तर दीन नसके पछी माहोल बिग्रीएको रहेछ । प्रस्नको उत्तर बिना कार्यक्रममा जाने ? पोहोर साल उपेन्द्र यादव बिना पासपोर्ट एरपोर्ट जादा अरुले हतार हतार पासपोर्ट बनाई दिएका थिए, तर उत्तर कसले बनाई दिन्छ ? हैट उपेन्द्र यादवको बौदिक स्थर त खासै राम्रो रहिन्छ । यस्ताले देस कदापि बनाऊन सक्दैंनन । उपेन्द्र यादव जन प्रतिनिधि हुन, कुनै राजा महाराजा होईनन । त्यसैले हर प्रस्नको जवाफ दिन सक्नु पर्दछ । तर जानकारी नभएमा सरी मलाई पूर्ण जानकारी भएन, यस बिसयमा म पछी बुझ्छु भन्नू पर्छ, कुरा सकिन्छ । (सरी भनेर कोहि सानो हुदैन) उप–प्रधानमन्त्रि भंदैमा रवाफले काम चल्दैन । जन अपेक्षा अनुसार काम गर्न नसके अर्कों चुनावमा हारींछ नै । उप–प्रधानमन्त्रीको सक्ती र इज्वत जनताको सेवा गर्न हौसल्ला मीलोस भनेर दीईएको हो, जनता र मीडिया थर्काउनलाई होईन । मीडियालाई सभ्य भासामा जनताको प्रश्न र समासामहिक बिसयमा प्रस्न सोध्ने अधिकार संविधानले नै दिएको छ, यसमा अनावश्यक बहस कीन ? त्यस कारण कुनै माइकालालले पत्रकारलाई गलत भन्न मिल्दैन । पहिले आफ्नो मर्यादा आफुले कायम राखे मात्र अरुले पनी मर्यादा कयम राखी दिन्छन । कीनकी मीडिया पनी आफुलाइ अव्वल साबित गर्ने सही ठाऊ मध्य एक हो । के साबित गरेर जानु भयो, त्यसको मूल्याकंन चिया पसल देखी सामाजिक संजाल सम्म हुदैछ ।
Ram Sharan Regmi : शैली त भएन रे ल ठिक छ त्यो मान्न सकियो मानौं तर एभिन्युजमा कार्यक्रम प्रस्तोताले सिधा र कडा प्रश्न नसोधेर के यस्ता नरम र मज्जाका प्रश्न सोध्नुपर्थ्यो ?
–स्वास्थ्यमन्त्री ज्यू समयमै उपचार नपाएर हुम्लामा ८ जना सर्वसाधारणले ज्यान गुमाए गज्जबको प्रगति भएछ बधाई छ तपाईलाई भन्नुपर्ने ?
–तपाईको सरकार त् बडो पाचक रैछ वाइडबडी पचायो, ३३ किलो सुन पचायो बधाई छ तपाईलाई भन्नुपर्ने ?
–निर्मलाका हत्यारालाई संरक्षण दिन सफल भयो, जनजीविकाका सवालहरुको उठान गर्ने विप्लवमाथि प्रतिबन्ध लगाएर तपाईको सरकारले नेपालीलाई ठुलो गुण लगाए बधाई छ भन्नुपर्ने ?
–सामान्य आलोचनात्मक प्रश्नको जवाफ दिनुको साट्टो उल्टै पत्रकारिता र शिष्टताको पाठ सिकाउने तपाई सार्है नैतिकवान नेता र महान मन्त्री बधाई छ भन्नुपर्ने ?
–कार्यक्रममा आउनुपूर्व उहाँलाई तपाईले उत्तर दिनसक्ने सक्ने प्रकारको मात्रै प्रश्नहरु सोध्नुपर्ने भयो भनेर रुजु गराएर बल्ल कार्यक्रममा सोध्नुपर्ने ?
–तपाई महान, तपाईको सरकार महान तपाईको जय तपाईको सरकारको जय भनेर पठाउनु पर्ने ?
……………..
बाकि तपाई आफै थप्नुहोला
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE