विराटनगरको कोशी कोभिड अस्पतालमा थप एक संक्रमितको मृत्यु
काठमाडौं – मोरङको विराटनगरस्थित कोशी अस्पतालको कोभिड अस्पतालमा ६४ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–४ की ती महिलाको शुक्रबार राति साढे ९ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
संक्रमित महिला शुक्रबार अस्पताल भर्ना भएको थिइन्। उनमा श्वासप्रश्वासका समस्या र ज्वरोको समस्या रहेको अस्पतालले जनाएको छ। मृतकको शनिबार बिहान कोरोना पोजिटिभ आएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE