Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

कांग्रेसले बालुवाटारमा पार्टीको बैठक नराख्ने

कांग्रेसले बालुवाटारमा पार्टीको बैठक नराख्ने

७ साउन, काठमाडौं– नेपाली कांग्रेसले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने भएको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवासमा गर्ने गलत परम्परा तोड्ने बताएका छन् । खड्काले भने, अबदेखि काँग्रेसको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा हुदैनन् ।

बिहीबार दिउँसो ट्विटरमा उनले लेखेका छन्, ‘विगतको गलत गलत परम्परालाई तोड्दै अबदेखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने ।’

महामन्त्री खड्काले काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक शुक्रबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने समेत जानकारी दिएका छन् ।

यस अघि प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटारमै सरेको दिन साउन १ गते पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखेको भन्दै आलोचना भएपछि देउवाले आफ्नै निजी निवासमा बैठक बोलाएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE