Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

तुँवालोले शुक्रबारदेखि सोमबारसम्म २४० हवाइ उडान प्रभावित

१५ चैत्र
काठमाडौँ –
शुक्रबारदेखि काठमाडौँ उपत्यका र देशका विभिन्न भागमा फैलिएको तुँवालोका कारण भिजिबिलिटी कम भएपछि हवाइ उडानहरू प्रभावित भएका छन् ।

शुक्रबारदेखि सोमबार २ बजेसम्म बुद्ध एयरका ६५, सौर्य एयरलाइन्सका २०, श्री एयरलाइन्सका २२, यति एयरलाइन्सका ४७ र अन्य वायु सेवाका ३५ उडान प्रभावित भएका छन् ।

अहिले हेलिकप्टरको गोसाइकुण्ड उडानको सिजन भएपनि ३२ उडान रद्द भएको नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए ।
गोसाइकुण्ड उडानका लागि ३२ उडानबाट १६० यात्रुले उडान भर्ने तय भएको थियो । त्यस्तै उद्दार उडानका ११ र अन्य ८ उडान रद्द भएका छन् ।

शुक्रबारदेखि भिजिबिलिटी १,००० मिटर अर्थात् १ किमीभन्दा कम छ । भीएफआर (भिजुअल फ्लाइट रुल्स) बाट लागि कम्तीमा १,२०० मिटर भिजिबिलिटी भए आपत्कालीन उडान भर्न नागरिक उड्ययन प्राधिकरण उडान सुरक्षा मानक विभागबाट अनुमति लिनुपर्छ । यद्यपि यो पाइलटको जोखिममा निर्भर गर्छ । व्यावसायिक उडानका लागि कम्तीमा २,००० मिटर भिजिबिलिटी हुनुपर्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE