भिल्लारियलले जित्यो पहिलो पटक युरोपा लिगको उपाधि
१३ जेठ, काठमाडौँ – भिल्लारियलले युरोपा लिगको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै भिल्लारियलले पहिलो पटक युरोपा लिगको उपाधि जितेको हो ।
उक्त खेलको २९ औँ मिनेटमा भिल्ला रियलका लागि जेरार्ड मोरेनोले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलका ५५ औँ मिनेटमा युनाइटेडका लागि इडिन्सन काभानीले गोल गरी बिराबरीमा पुर्याए ।
गए रातिको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । उक्त खेलमा युनाइटेड ११-१० गोलले पराजित भएको हो ।
टाइब्रेकरमा दुवै टोलीले सुरुवाती १०-१० प्रहार गोल गरे । एघारौं प्रहारमा भिल्लारियलका जेरमिनो रुल्लीले भिल्लारियलले उपाधि जित्न सफल भयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE