Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026

लागुऔषधसहित कञ्चनपुरमा २ जना पक्राउ

१ असार, काठमाडौँ – कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको टोलीले बेलौरी नगरपालिका-८ बाट लागुऔषधसहित सोही ठाउँका २८ वर्षीय सुरेन्द्र विष्ट र २२ वर्षीय सन्तोश रानालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले उनीहरुको साथबाट ९.०८ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको जानकारी दिए ।

दुवै जना सवार सुप.प्र०१-००८ प ८५९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । उनीहरुमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE