सेयर बजारमा उत्साह कायमै, बजार परिसूचकले राख्यो नयाँ किर्तिमान
सेयर बजारमा उत्साह कायमै, बजार परिसूचकले राख्यो नयाँ किर्तिमान
२० जेठ, काठमाडौं– सेयर बजार परिसूचक नेप्सेले आज फेरि नयाँ किर्तिमान बनाएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुग्दै नयाँ किर्तिमान बनाएको हो ।
यसअघि साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।
आइतबारको रेकर्ड तोड्दै नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लेख्य सुधार देखिएको छ। बिहीबार १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।
बजारमा आज सर्वाधिक कमाउँदै सर्किट ब्रेकर लाग्ने कम्पनीमा मञ्जुश्री फाइनान्स र महिला लघुवित्त रहेका छन् । यस्तै सर्वाधिक कारोवार भएको रकमको हिसाबले नेपाल पुनर्बीमा कम्पनी सबैभन्दा अगाडि रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE