Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026

रामेछाप रजयछापका अग्नी पीडितलाई राहत सामाग्री वितरण

२२ चैत, काठमाडौँ – रामेछाप नगरपालिका ७ रजयछापका अग्नी पीडित लाई नेकपा माओवादी (केन्द्र) रामेछापद्वारा राहत सामाग्री हस्तान्तरण गरिएको छ । गत चैत्र १२ गते भएको आगलागीमा रामेछाप नगरपालिका वडा नं ७ रजयछापमा ११ घर जलेर पुर्ण क्षती भएको थियो ।

उक्त घरधुरीलाई नेकपा माओवादी (केन्द्र) रामेछाप नगर कमिटीको संयोजन तथा संघीय सांसद श्यामकुमार श्रेष्ठको पहलमा द स्याल्भ्यसन मिसनद्वारा राहत प्रदान गरिएको हो । हरेक पीडित घरधुरीलाई हुलास जस्तापाता २० वटा, ३ सय लिटरको पानी ट्याङ्की १ वटा र ७ जना विद्यार्थीहरुकालागि शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

आपतको घडीमा एकले अर्काको सहयोग गर्नु नै मानवताको अर्को अर्थ भएको श्यामकुमार श्रेष्ठ बताउनुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा मिना कुमारी लो, निसान लो, हरी सुनुवार लगायतको सहभागिता रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE