Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026

कोरोनाका कारण रुपन्देहीमा एकै परिवारका तीन जनाको मृत्यु

१३ जेठ, बुटवल – रुपन्देहीको बुटवलमा कोरोनाभाइरस संक्रमणबाट एकै परिवाकरा तीन जनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका १० नम्बर वडाका नरबहादुर गुरुङको परिवारमा कोरोनाका कारण तीन जनाले ज्यान गुमाएका हुन् ।

कोरोनका कारण गुरुङ, उनकी श्रीमती मनसरा र छोरा प्रेमबहादुर गुरुङको निधन भएको हो । उनीहरु क्रमशः ६९, ५९ र ३९ वर्षका थिए ।

अब प्रेमकी श्रीमती पनि संक्रमित भएको र उनको बुटवलमा उपचार भइरहेको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE