Date
शनि, फाल्गुन २२, २०७७
Sat, March 6, 2021

वलीजीले लोकतन्त्र र संविधान विसर्जन गर्न खोज्नुभयो : प्रचण्ड

११ फगुन
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटको बाटो रोजेर लोकतन्त्र र संविधान नै विसर्जन गर्न खोजेको आरोप लगाउनु भएको छ ।

जनयुद्धमा हस्ताक्षर पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, धेरै लामो कसरत पछि पार्टी एकता गरेका थियौँ तर केपीजीले फुटको बाटो रोजेर लोकतन्त्र र संविधान विसर्जन गर्न खोज्नुभयो ।

उनले एकताको झण्डा बोकेर आफूहरू आधिकारिक रूपमा अगाडि बढ्न खोज्दा केही व्यक्तिले विभाजन गर्न खोजिरहेका बताए । जनयुद्धको उपलब्धिलाई अपहरण गर्न खोजेकाले अहिले शान्तिपूर्ण युद्ध लडिरहेको पनि उनले दाबी गर्नु भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE