Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

आठ स्थानमा कोरोना खोप भडारण गृह बनाइँदै

११ फागुन

काठमाडौ –  सरकारले देशका विभिन्न आठ स्थानमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि शहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक एक वटा तथा एउटा केन्द्रीयस्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो ।

सोहीअनुसार प्रदेश नम्बर १ को विराटनगरस्थित प्रदेश ल्याब बनाउने स्थानमा, प्रदेश नम्बर २ को जनकपुरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको परिसरमा, बागमती प्रदेशको राजधानी हेटौँडास्थितमा कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रको परिसरमा तथा गण्डकी प्रदेशको स्वास्थ्य कार्यालय कास्कीको परिसरमा भण्डारण गृह निर्माण गरिदैछ ।

त्यस्तै लुम्बिनी प्रदेशको बुटबल उपमहानगरपालिका–१२, तामनगरमा, कर्णाली प्रदेशको सुर्खेतस्थित स्वास्थ्य निर्देशनालयको परिसरमा, सुदूरपश्चिम प्रदेशको धनगढीस्थित स्वास्थ्य तालीम केन्द्रको परिसरमा भण्डारण गृह निर्माण हुँदैछ भने केन्द्रीय भण्डारण गृह पथलैया मेडिकल स्टोरको परिसरमा बन्दैछ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE