Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

ओली र प्रचण्डका आ-आफ्नै दाउपेच

१४ असोज 
काठमाडौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल लगातार छलफलमा जुटे पनि मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड तय हुन सकेको छैन। उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्ति तथा पार्टी एकीकरणका बाँकी काम टुंग्याउने विषयमा छलफल हुँदै आएको छ।

बिहीबारदेखि मंगलबारसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको घन्टौंको छलफलमा दुवै पक्षले एकअर्कालाई मापदण्ड तयसम्बन्धी आ–आफ्ना धारणामा सहमत गराउन सकेका छैनन्।

मन्त्रिपरिषद् पुनर्गठनको मोडालिटी, मन्त्रीको जिम्मेवारी हेरफेरका विषयमा अध्यक्षद्वयबीच कुरा नमिलेपछि पछिल्ला छलफल निष्कर्षविहीन बनेका हुन्। असोज ६ गते बसेको सचिवालय बैठकले संवैधानिक अंगमा नियुक्त हुन योग्यहरूको सूची बनाउने, मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड तय गर्ने, १० दिनभित्र एकीकरणको बाँकी काम सम्पन्न गर्न गृहकार्य गर्नेगरी ओली–दाहाललाई जिम्मेवारी दिएको थियो।

त्यसअघि असोज ४ गते बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनलगायत नीतिगत आधारमा केन्द्रित रहेर छलफल भएको थियो। त्यसपछि मन्त्रिपरिषद् पुनर्गठनको हल्ला मात्रै चलेपछि मन्त्रालयमा मन्त्रीहरूले राम्रोसँग कामसमेत गर्न पाएका छैनन्। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE