गुल्मीको सत्यावति गाउँपालिका पहिरोमा पुरिएको ६ जनाको जयान गयो
काठमाडाैँ – गुल्मीको सत्यावति गाउँपालिका वडा तीन ठूलो लुम्पेग र सोही गाउँपालिकामा वडा नम्बर चार लिंघामा पहिरोमा पुरिएको ६ जनाको ज्यन गएको छ । करिब आधा दर्जन वेपत्ता रहेका छन् । उद्दारका लागि जिल्ला सदरमुकाम तम्घासबाट प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनु भएको छ ।
पहिरोमा परेर मृत्यु हुनेमा ठूलो लुम्पेगकी ३२ वर्षिय तिलकुमार त्रामु, उनको नौ वर्षका छोरा दर्शन त्रामु रहनु भएको प्रजिल खनालले बताउनु भयो । सोही गाउँपालिकाका वडा नम्बर चार लिंघाका ६५ वर्षिया छल्ली विक, २८ वर्षिया पम्फा विकको पनि पहिरोले पुरेर मृत्यु भएको बताइएको छ । मृत्यु भएको बाँकी दुई जनाको सनाखत हुन बाँकी रहेको छ ।
सदरमुकामबाट ठूलो लुम्पेक ३५ किमी र लिंघामा २० किमी पर रहेको छ । गुल्मीमा बेलुकीदेखि निरन्तर रुपमा पानी परिरहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE