जिल्ला न्यायाधीशको लिखित परीक्षामा १९६ सहभागी, ३ जनामात्रै उत्तीर्ण
८ फागुन, काठमाडौं – लोक सेवा आयोगले लिएको जिल्ला अदालतका न्यायाधीशको लिखित परीक्षामा तीन जनामात्रै उत्तीर्ण भएका छन्।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको आयोगको बैठकले जिल्ला अदालतको न्यायाधीश नियुक्त गर्न अन्तर्वार्ताका लागि ३ जनाको नाम सिफारिस गरेको हो। लिखित परीक्षामा उत्तीर्ण भएका ३ जनाको नाम अन्तर्वार्ताका लागि सिफारिस गर्ने निर्णय भएको छ।
१८ जना जिल्ला न्यायाधीशका लागि आयोगले लिएको लिखित परीक्षामा एक सय ९६ जना सहभागी थिए। जसमध्ये ३ जना मात्रै उत्तीर्ण भएका हुन्। लिखित परीक्षामा उत्तीर्ण हुनेमा ओमबहादुर सोडारी, चन्द्रकुमार पोखरेल र भुवन गिरी छन्।
गत साउन महिनासम्म रिक्त रहेको २३ जिल्ला न्यायाधीश पदका लागि १८ जना छनोट गर्न न्याय सेवा आयोगले परीक्षा लिएको थियो। बाँकी पाँच जना भने वरिष्ठता र योग्यताको आधारमा न्याय सेवा र सरकारी वकिल समूहबाट न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले नियुक्ति गर्ने व्यवस्था छ। हाल विभिन्न जिल्लामा ४१ जना जिल्ला न्यायाधीशको पद रिक्त छ।
आयोगले आन्तरिक खुला ९, खुला ५, महिला २ तथा आदिवासीरजनताती तथा मधेशीमा एकरएक पदमा विज्ञापन आह्वान गरेको थियो। अन्तर्वार्ताका लागि फागुन २९ गतेको मिति तोकिएको छ।
यसअघि प्रधानन्यायाधीश (हाल निलम्बित) चोलेन्द्र शमशेर राणाले जिल्ला अदालतका न्यायाधीश सिफारिसका लागि बैठक आह्वान गरेको भए पनि हालका कामु प्रधानन्यायाधीश कार्कीसहित कानुनमन्त्री दिलेन्द्र बडु, महान्यायाधिवक्ता खम्मबहादुर खातीले बहिस्कार गरेका थिए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE