Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

देशभर नेपाल प्रहरीका २ सय ६७ जनामा कोरोना संक्रमण

१९ श्रावण, काठमाडौँ
काठमाडौँ कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेर खटिइरहेकामध्येको एक नेपाल प्रहरीमा हालसम्म देशभर २ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म सबैभन्दा बढी एक सय ५० जना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेमा प्रहरीका कार्यालय सहयोगीदेखि प्रहरी उपरीक्षक (एसपी) सम्म छन् ।

एक जना एसपी, ६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर), १२ जना प्रहरी नायब निरीक्षक(सई), १७ जना सहायक निरीक्षक(असई), ६९ जना प्रहरी हवल्दार र ४ कार्यालय सहयोगीमा संक्रमण देखिएको छ । संक्रमितमध्ये ८ जना महिला र २ सय ५९ जना पुरुष प्रहरी छन् । प्रहरी प्रधान कार्यालय वा उसको सोझै मातहतमा रहेर काम गर्ने ७३ जना र काठमाडौँ उपत्यकामा कार्यरत १४ जनामा कोरोना संक्रमण देखिएको हो ।

हालसम्म एक सय ५ जना डिस्चार्ज भएको र एक सय ६२ जना उपचाररत रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डिस्चार्ज हुनेमध्ये २ जना महिला र एक सय ३ जना पुरुष प्रहरी छन् । हाल आईसोलेसनमा ६ महिलासहित एक सय ६७ प्रहरी छन् । यसैगरि ३ महिलासहित एक सय ३२ जना आइसोलेसनबाट फिर्ता भएका छन् । हाल क्वारेन्टिनमा चार सय ५६ जना प्रहरी छन् भने ६ सय ३० जना क्वारेन्टिन बसेर फर्किएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE