Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

योगेश भट्टराई र ईश्वर पोखरेलबीच छलफल

१९ जेठ, काठमाडौँ – राजधानीको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपा एमालेका सचिव योगेश भट्टराईबीच बुधबार छलफल भएको छ ।

नेताद्वय पोखरेल र भट्टराईबीच नेकपाको कलह र सम्भावित एकताबारे छलफल भएको हो। छलफल करिब एक घन्टा चलेको छ।

कच्पल्टिएको नेकपा एकता प्रयासका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष माधव नेपाल पक्षबीच पछिल्लो समयमा फेरि छलफल र वार्ताहरु हुन थालेका छन् ।

Sponsored
Sponsored

WRITE COMMENTS FOR THIS ARTICLE