नवनियुक्त २ जना प्रदेश प्रमुखले लिए सपथ
१३ साउन, काठमाडौँ – लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिनु्का छन् । बुधबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा लुम्बिनी प्रदेशमा प्रमुख अमिक शेरचन र गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको हो ।
सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहनुभएको थियो ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE