परिवारको सहमति र वडाको सिफारिस विना अब ४० वर्षमुनिका महिला एक्लै विदेश जान नपाइने
२८ माघ
काठमाडौं – अब ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश भ्रमणमा जाँदा परिवारको सहमति र वडाको सिफारिस अनिवार्य चाहिने भएको छ।
अध्यागमन विभागले कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू अब एक्लै विदेश वडा कार्यालयको र पारिवारिक सहमति विना जान नपाइने भएको छ । विभागका अनुसार पीडामा परेको महिलाहरुलाई उद्धार गर्न सजिलो बनाउनका लागि कार्यविधि संशोधन प्रस्ताव गरिएको हो ।
यसले मानव तस्करी, शोषणमा जस्ता समस्यामा परेका महिलाहरुलाई उद्धार गर्न सजिलो हुने जनाइएको छ। कार्यविधि संशोधन प्रस्ताव तीन दिनअघि गृह मन्त्रालयमा पठाएको विभागले जनाएको छ। यो कार्यविधि चाँडै लागू हुने बताइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE