दाङ विद्यार्थी बोकेको बस दुर्घटना हुँदा सात जना घाइते
१० चैत
काठमाडौँ – दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा सात जना विद्यार्थी घाइते छन्।
पब्लिक ज्ञानज्योति माध्यमिक विद्यालयका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। तुलसीपुर उपमहानरपालिका वडा नम्बर १५ कोठरीबाट आज बिहान प्लस टू पढ्ने विद्यार्थीहरू लिएर आउँदै गरेको बस दुर्घटनामा परेको हो।
प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार दुर्घटनामा सात विद्यार्थी घाइते छन्। बसले विद्यार्थीलाई च्यापेको खबर आएको पनि उनले बताए।
घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। केही घाइतेलाई उपचारका लागि तुलसीपुर ल्याइएको प्रहरीले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE