बुटवल उपमहानगरले परीक्षा संचालनमा समेत रोक लगायो
८ बैशाख,काठमाडौँ – कोरोनाको नयाँ भेरिएन्टको संक्रमण बढ्दै गएपछि बुटवल उपमहानगरले विद्यालयको परीक्षा संचालनमा रोक लगाएको छ । उपमहानगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख मसान्तसम्मका लागि बन्द गरिएको हो ।
उपमहानगरले एक सूचना जारी गर्दै पूर्व निर्धारित परीक्षाहरु समेत बैशाख मसान्तसम्मका लागि स्थगित गर्न भनेको छ । उपमहानगरको निर्णयले कक्षा ८ को पालिका स्तरीय परीक्षा समेत स्थगित गरेको छ ।
बन्द भएका बिद्यालयहरुले बैकल्पिक माध्यमबाट कक्षा लिनसक्ने नगरपालिकाको सूचनामा उल्लेख छ । उपमहानगरका अभिभावकरुलाई आ(आफ्ना बालबालिकालाई बैकल्पिक माध्यमबाट शिक्षा दिन तथा बिद्यालयको नियमित प्रशासनिक कार्यलाई भने निरन्तरता दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE