Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

नारायणकाजीलाई पूर्वराजाले ‘नमस्कार’ गर्दै सोधे हालखबर

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट  भएको थियो ।  । साहित्य सम्मेलनमा सहभागी भई काठमाडौं फर्किँदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरुलाई लिन पोखरा विमानस्थल पुगेका शाहबीच भेट भएको हो ।

श्रेष्ठलाई देखेपछि पूर्वराजा शाहले नमस्कार गर्दै हालखबर सोधेका थिए । पूर्वराजा शाहले श्रेष्ठसँग काठमाडौंदेखि पोखरासम्मको सडक खराब भएका कारण हवाई माध्यमबाट यात्रा गर्नु परेको गुनासो गरेका थिए । –नागरिक दैनिकबाट

 

WRITE COMMENTS FOR THIS ARTICLE