लागुऔषध र नगद सहित एक जना पक्राउ
२४ भदौ,काठमाडौँ-काठमाडौँको नागढुंगाबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही हरीवन नगरपालिका – ११ का २८ वर्षीय अलोक शाह रहेका छन्।
जनकपुरबाट काठ्माडौँ तर्फ आउदै गरेको बा १ प-१३९० नम्बरको पर्यटकीय बस चेकजाँच गर्दा अलोक साथबाट लागु औषध फेला परेको थियो।
उनको साथबाट औषधि जन्य लागुऔषध नाईट्राभेट २८२ ट्याबलेट नाईट्रोसन कोडिन २ बोटल र नगद नेपाली रुपैया रु ५५ हजार बरामद गरिएको महानगरीय प्रहरी बृत्तका स्रोतले बतायो।
महानगरीय प्रहरी वृत्त थानकोटले उनलाई लागु औषध (नियन्त्रण) ऐन–२०३३ अनुसार अनुसन्धान गरिरहेको छ।
WRITE COMMENTS FOR THIS ARTICLE