चरीबाघको छालासहित दुई पक्राउ
चरीबाघको छालासहित दुई पक्राउ
१६ असार, काठमाडौं– प्रहरीले चरीबाघको छालासहित बाँकेबाट दुई जना पक्राउ परेका छन् ।
प्रहरीले राप्ती सोनारी गाउँपालिका–१ कुसुमबाट १ थान चरीबाघको छाला सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दैलेख, भैरबी गाउँपालिका–३ बस्ने १९ वर्षीय जितेन्द्र शाही र दाङ, घोराही उपमहानगरपालिका–९ का ३१ वर्षीय सन्तोष कुंवर रहेका छन ।
उनीहरुले बाघको छाला ल्याइरहेको भन्ने सूचनाको पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरु सवार रा.४ प ६५०४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरको डिक्कीभित्र लुकाई राखेको भेटिएपछि उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले यस विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE