विश्वकप छनोटअन्तर्गत आज नेपाल र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दै
विश्वकप छनोटअन्तर्गत आज नेपाल र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दै
२८ जेठ, काठमाडौं– फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेल अन्तर्गत आज अष्ट्रेलियाको सामना गर्दैछ ।
नेपालले कुवेतको जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अष्ट्रेलियाको सामना गर्दैछ । अष्ट्रेलिया र नेपालबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
नेपालले एसियन जायन्ट अष्ट्रेलियालाई पराजित गर्नु नेपाललाई निकै कठिन हुने अनुमान गरिएको । यद्यपि नेपाल अष्ट्रेलियासँग उत्कृष्ट प्रदर्शन गर्ने योजनामा रहेको छ । नेपालको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलियासँग राम्रो खेल पस्कने बताउँदै, ‘आशा छ हामी अष्ट्रेलियाविरुद्ध अर्को राम्रो खेल खेल्नेछौं। हाम्रो खेल्ने शैली सुधार भएको छ र हामीले हाम्रा समर्थकहरुलाई खुशी पार्न सकेका छौं’ भने ।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । यद्यपि नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ ।
यस्तै अष्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टिमले फरक शैलीमा खेलिरहेकाले खेल प्रतिस्पर्धातमक हुने आँकलन गरेको बताएका छन् । उनले, ‘प्रशिक्षकले धेरै राम्रो काम गरिरहेका छन् र हामी नेपाललाई सम्मान गर्दछौं । नेपाल मेहनती टोली हो’ भनेका छन्।
जारी छनोट प्रतियोगितामा ६ अंक जोड्दै नेपाल चौंथो स्थानमा रहेको छ ।
नेपालले यसअघि चाईनिज ताईपेलाई २–० ले हराएको थियो भने जोर्डनसँग ३–० ले पराजित भएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE