Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026

सरकारका कामको निगरानी गर्न संसदहरुलाई काँग्रेसको निर्देशन

४ असोज
काठकाडौँ – प्रमुख प्रतिपक्षी दल नेपली काँग्रेसले मन्त्रालयसँग सम्बन्धित विषयमा जानकारी र निगरानी गरी सरकारबाट भएका गैरउत्तरदायी कार्यहरुबारे जनतालाई सूचित गर्न र सरकारलाई खबरदारी गर्न आफ्ना सांसदलाई क्रियाशिल रहन निर्देशन दिएको छ । काँग्रेस संसदीय दलले आज छायाँ सरकारको रुपमा क्रियाशिल रही कार्य सम्पादन गर्नका लागि गठन गरेका पार्टीका मन्त्रालयस्तरीय समन्वय समितिका संयोजकलाई आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा खबरदारी गर्न सो निर्देशन दिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो ।

काँग्रेसले सरकार, मन्त्रालय र मातहत निकायबाट भएका बेथिति, अनियमिता, भ्रष्टाचारको जानकारी र निगरानी राख्ने, त्यसको खबरदारी गर्ने र आम जनसमुदायलाई सूचित गर्ने कार्य प्रमुख प्रतिपक्ष दलको कर्तव्य भएको उल्लेख गरेको छ । विगत ६ महिनाभन्दा बढी समयदेखि कोरोना भाईरसको सङ्क्रमणका कारण सिङ्गो मुलुक आक्रान्त रहेको अवस्थामा उद्योग व्यवसाय, कलकारखाना, शैक्षिक संस्था, यातायात, पर्यटन, वित्तिय क्षेत्र लगायतका सबै क्षेत्र ठप्प रहेका छन् । हाल आंशिक रुपमा केही व्यवसाय सञ्चालन भएता पनि सबै व्यवसाय सञ्चालनको वातावरण बनि सकेको छैन । यसको प्रत्यक्ष असर आम नागरिकले व्यहोरीरहेका छन् ।

काँग्रेसले यस्तो विषम एवम् दुःखद परिस्थितिमा सरकारले प्रभावकारी कार्य गर्न नसकेको भन्दै र हाल सदन चालु नरहेको अवस्थामा जनताका समस्याबारे आवाज उठाउन र सरकारलाई प्रत्यक्ष रुपमा खबरदारी गर्न समन्वय समितिका संयोजकलाई निर्देशन दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE