कोरोना संक्रमणबाट २४ घण्टामा थप १० को मृत्यु
१ आश्विन, काठमाडौँ –पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३५१ संक्रमित निको भएका छन्। थप एक हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालय अनुसार शुक्रबार १२ हजार ३८५ जनामा कोरोना परीक्षण गर्दा एक हजार ५५८ संक्रमित थपिएका हुन्। पिसिआर विधिबाट ८ हजार ६ सय ६५ जना र एन्टिजेनबाट ३७२० जनाको परीक्षण गरिएको थियो।
संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १२ जनाको मृत्यु भएको छ।
यस्तै हाल २५ हजार ४९७ सक्रिय संक्रमित छन् संगै काठमाडौं उपत्यकामा थप ३९७ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंका २७४ , ललितपुरका ७० र भक्तपुरमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE