Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

६१ जनप्रतिनिधिले नेकपा एमाले त्याग गरी नेकपा (एकीकृत समाजवादी) पार्टीमा

 

२३ भदौ,काठमाडौँ-नेकपा एमालेबाट सिरहाको स्थानीय तहमा निर्वाचित ६१ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन्।

निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न पाउने उपलब्ध गराएको समय सीमाभित्र सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्षसहित ६१ जनप्रतिनिधिले नेकपा एमाले त्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्।

नेकपा एमालेबाट निर्वाचित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव र तीन वटै वडाका वडाध्यक्षसहित अन्य स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य अशोककुमार यादवले जानकारी दिए।

प्रदेशसभा सदस्य अशोक यादवको नेतृत्वमा जिल्ला निर्वाचन कार्यालय सिरहा पुगेर जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको बताइएको छ।

त्यस्तै, जनता समाजावदी पार्टी नेपालबाट सिरहाका स्थानीय तहमा निर्वाचित १२ जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन्।

सबै जनप्रतिनिधि जिल्ला निर्वाचन कार्यालय सिरहा पुगेर लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवले जानकारी दिइन्।

WRITE COMMENTS FOR THIS ARTICLE