Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

आकाशे पुलमूनि एयर इन्डियाको जहाज अड्कियो (भिडियो सहित)

 २० आश्विन, एजेन्सी नयाँदिल्ली –भारतको राजधानी नयाँदिल्लीस्थित एक आकाशे पुलमूनि एयर इन्डियाको एउटा जहाज अड्किएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सधैँ आकाशमा उडिरहेको वा रनवेमा गुडिरहेको देखिने जहाज आकाशे पुलमूनि अड्किएको देखेपछि धेरै मानिसले चासो देखाएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार जहाज अड्किएको भिडिओ पत्रकार अशोक राजले केही दिनअघि आफ्नो ट्वीटरमा राख्नुभएको थियो। उक्त भिडिओ ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सडकको भएको बताइएको छ।

जहाजको आधा भाग पुलभन्दा अगाडि गएको छ भने पखेटा हुने ठाउँनिर  पुलमूनि अड्किएको छ। जहाजमा पखेटा भने छैनन्। रातिको समयमा लिइएको भिडिओमा  सडकमा गाडीहरू गुडिरहेको देखिन्छ।

भिडिओ सार्वजनिक भएर भाइरल बनेपछि एयर इन्डियाले उक्त जहाज आफूहरूले बेचिसकेको बताएको पत्रकार राजले जनाउनुभएका छ। उक्त जहाज कवाडीमा बेचिएको हो।

किन्ने मान्छेले राति त्यसलाई लिएर गएका हुन्। जहाजलाई के भयो भन्नेबारे एयर इन्डियाको कुनै सम्बन्ध छैन,’ एयर इन्डियाको विज्ञप्तिमा भनिएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले भने उक्त जहाज लिनेले पहिला नै कसरी लैजाने भन्ने योजना बनाउनु पर्ने बताएका छन्। कतिपयले यसलाई मजाकको विषय पनि बनाएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE